२३ फाल्गुन २०८२, शनिबार
राजनीति

प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ : कांग्रेस

३० वैशाख, काठमाडौं । सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।

आइतबार बिहानको छलफलमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरूले माग गरेको संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् ।

छलफलपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता लेखकले भने, ‘संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ ।’

भोलि दिउँसो १ बजे संसदीय कार्यसमितिको बैठक र २ बजे संसदीय दलको बैठक राखिएको जानकारी दिँदै नेता लेखकले ती बैठकबाट निर्णय गर्ने बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।