१९ कार्तिक २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : केपी ओली

२९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए ।

‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषय उठाउँदै ओलीले आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको बताए ।

‘कांग्रेस संसद चल्न दिन्न भन्छ किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ, आरोपित मान्छेले बोल्छु भन्दा बोल्न दिँदैन । आरोपलाई खण्डन गर्छु भन्दा दिँदैन, यस्तो लोकतन्त्र हुन्छ कहीँ ?’, ओलीले प्रश्न गरे ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्न माग गरेको छ । संसदीय छानबिन नभएसम्म संसद अवरोध गर्ने र गृहमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएको छ ।

उनले अहिलेको सत्ता गठबन्धन बन्न नदिने कोशिस भएको र अहिले बनिसकेपछि अटाउन कोशिस भइरहेको टिप्पणी गरे ।

ओलीले काठमाडौंको १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल भएको भन्दै यो एमालेका लागि नसुहाउने बताए ।

उनले आगामी निर्वाचनसम्म यो अवस्थालाई बदल्न नेता कार्यकर्तालाई निर्देशन दिए । ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० क्षेत्रका एमाले उम्मेदवारमध्ये क्षेत्र नं ९ मा कृष्णगोपाल श्रेष्ठ मात्र निर्वाचित भएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।