२३ फाल्गुन २०८२, शनिबार
राजनीति

संसदको कार्यसूचीमा कांग्रेस असहमत, कार्यव्यवस्था बैठक बस्न सकेन

२८ वैशाख, काठमाडौं । बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ–आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ सहभागी थिए । यसैगरी नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल तथा नेकपा माओवादी केन्द्रबाट मुख्य सचेतक हितराज पाण्डे र सचेतक रुपासोशी चौधरी सहभागी थिए ।

रास्वपाबाट प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही पनि छुट्टाछुट्टै र सामूहिक छलफलमा थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।