२८ चैत्र २०८२, शनिबार
जीवनशैली समाचार समाज

‘मिस पिंक २०२४’ को फाइनल जेठ ३ गते हुने

२८,वैशाख, काठमाडौं ।ट्रान्सवुमनहरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक २०२४’ को फाइनल राउन्ड आउँदो जेठ ३ गते विहीबार काठमाडौंमा हुने भएको छ ।
नील हिरा समाजले सन् २०१८ पछि २०२४ का लागि मिस पिंक आयोजना गर्न लागेको हो । लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।
समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव वढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिइन ।
‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन् । कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समूदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रश्तुत गर्ने तालिका छ । १९ जना प्रतियोगिले मन्चमा आफ्नो प्रस्तुती सो गर्नेछन् ।
कार्यक्रममा सहभागिताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । शनिबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर मिस पिंकका बारेमा बिस्तृत जानकारी दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

 

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected