१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

विराटनगरमा प्रदेश प्रमुख खापुङको पुत्ला जलाइयो

२७ वैशाख, विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको पुत्ला जलाएको छ ।

असंवैधानिक रुपमा नयाँ सरकार आह्वान गरेको विरोधमा बिहीबार बेलुका खापुङको पुत्ला जलाएको हो ।

नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दिपक चापागाइँले प्रदेश प्रमुखले मध्यरातमा सरकार गठनका लागि पत्र पठाउनु गलत अभ्यास भएको विरोधमा प्रदर्शन र पुत्ला जलाएको बताए ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् भने हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट हालेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।