२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

२७ वैशाख, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गाेपनीयताको शपथ ग्रहण गरेका हुन् ।

कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।

उनीहरूको जिम्मेवारी भने पछि तोकिनेछ । नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका राना केदार कार्की नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए ।

उप्रेती पनि कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।