२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

कोशीमा एमालेका राम राना र माओवादीका गणेश उप्रेती मन्त्री बन्दै

२७ वैशाख, विराटनगर । कोशी सरकारमा पहिलो चरणमा नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने भएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

एमाले संसदीय दलका उपनेता राना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।