२० फाल्गुन २०८२, बुधबार
राजनीति

कोशीका नवनियुक्त मुख्यमन्त्रीको शपथ दिउँसो ४ बजे

२७ वैशाख, मोरङ । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ ।

कोशी प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ दिउँसो हुन लागेको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की आजै एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयाो। सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घाेषणा गरे । सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।