७ जेष्ठ २०८१, सोमबार
अर्थ मुख्‍य समाचार

हार्दिकको कप्तानीमा मुम्बई दुई खेल अगावै बाहिरियो

२७ वैशाख, काठमाडौं – अलराउण्डर हार्दिक पान्ड्या कप्तानीमा रहेको पाँच पटक च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल  २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ ।

बुधबार राती सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई १० विकेटले हराएसँगै मुम्बई आधिकारीक रुपमा प्लेअफ दौडबाट बाहिरिने यस सिजनको पहिलो टोली बनेको छ ।

मुम्बई १२ खेलमा ४ मा जित र ७ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । मुम्बईले अव शनिबार कोलकाता र अर्को शुक्रबार लखनऊसँग खेल्नेछ । दुबै खेलमा विजयी हुँदा मुम्बई १२ अंकमा पुग्न मात्रै सक्छ ।

तर कम्तिमा चार टोली १४ अंक भन्दा माथि हुने पक्का हुँदा मुम्बई बाहिरिएको हो । कोलकाता ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ नेटरनरेटमा माथि रहँदै शीर्षस्थानमा छ ।

राजस्थान रोयल्स ११ खेलमा ८ मा जित र ३ मा हारसहित १६ अंकका साथ दोस्रो स्थानमा छ । कोलकाता र राजस्थानको प्लेअफ सम्भावना औपचारिकता बाँकीछ ।हैदराबाद १२ खेलमा ७ मा जित र ५ मा हारसहित १४ अंकका साथ तेस्रो स्थनमा छ । चेन्नई ११ खेलमा ६ मा जित र ५ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ । समान १२ खेलमा दिल्ली १२ अंकका साथ पाँचौं स्थानमा छ ।

लखनऊ पनि १२ खेलमा १२ अंकका साथ नै छैटौं स्थानमा छ । दिल्ली र लखनऊ खेल्न बाँकी हुँदा एक टोली १४ अंकका पुग्ने पक्का भएको हो ।मुम्बईले यस सिजनदेखि हार्दिकलाई कप्तानमा नियुक्त गरेको थियो ।

२०१३ देखि कप्तानी गर्दै पाँच ट्रफी मुम्बईलाई जिताउने रोहित शर्मालाई हटाउँदै हार्दिकलाई कप्तानी जिम्मेवारी दिएको थियो ।

त्यसैको कारण यस सिजभर हार्दिकको आईपीएलमा चर्को आलोचना भएको थियो ।हार्दिकले २०१५ देखि २०२१ सम्म मुम्बईबाट खेलेका थिए ।

त्यसपछि हार्दिक २०२२ मा गुजरात टाइटन्सको कप्तानी गर्दै उपाधि जितेका थिए । २०२३ मो भने हार्दिकको कप्तानीमा गुजरात फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्