७ जेष्ठ २०८१, सोमबार
अनौठो संसार

छोटा कपडा लगाएकी वेटरले घुँडा टेकेर खाना टकार्ने विवादित चिनियाँ रेष्टुरेन्ट !

संसारमा ग्राहकहरुलाई लोभ्याउनका लागि क्याफे तथा रेष्टुरेन्टहरुले ग्राहकहरुलाई गज्जबको सेवा सुविधा दिने मात्र होइन केही अनौठा खालका उपायहरु समेत अपनाएका हुन्छन् ।

यही सिको गर्दै चीनका केही इ-स्पोर्टस् क्याफेहरुमा महिलाहरुलाई फ्रेन्च मेडवाला पहिरन लगाइदिएर वेटरको काम गराउन थालिएको छ ।

ग्राहकहरुलाई लोभ्याउनका लागि ती वेटरहरुलाई अश्लील हर्कत गर्न लगाउने गरिएसँगै त्यस्ता क्याफेको घोर आलोचना हुन थालेको छ । ती वेटरहरुले घुँडा टेकेर बस्दै ग्राहकको सेवा गर्नु पर्दछ ।

चीनको पूर्वी प्रान्त झेजियांगस्थित यिवु सहरमा रहेको भिडियो गेम समेत खेलाउने क्याफेले आफ्नो व्यवसायलाई अश्लील सेवाका माध्यमबाट प्रवर्द्धन गरिरहेको छ ।

ती क्याफेमा जब ग्राहक आउँछन् तब छोटा कपडा लगाएका महिलाहरुले उनीहरुको स्वागत गर्दछन् । उनीहरुले टाउकोमा हेडब्याण्ड लगाएका हुन्छन् । ग्राहक क्याफेमा आउने बित्तिकै घुँडा टेक्दै उनीहरुको अगाडि बसेर वेटरहरु भन्छन् – वेलकम होम, मास्टर ।

उनीहरुले घुँडा टेकेर बसेरै चिया दिन्छन् । साथै उनीहरुले ग्राहकको ढाड मसाज गरिदिने र उनीहरुसँग भिडियो गेम खेल्ने गर्दछन् ।

गत अप्रिल १५ मा स्थानीय प्रशासनले ती क्याफेको गतिविधिको आलोचना गर्दै त्यस्तो कामलाई रोक्न आग्रह गरको छ । प्रशासनले क्याफे सञ्चालकको पनि आलोचना गरेको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार चीनका स्थानीय मिडियाले सोसल साइट विबोमा लेखेका छन् – घुँडा टेक्ने कुनै पनि कार्य महिलाहरुको गरिमाका लागि निकै अपमानजनक हुनसकछ र यसले यौन शोषणलाई बढावा मिल्दछ ।

यस्ता अपराध पनि भइसकेका छन् । सन् २०२२ मा वु नामका एकजना व्यक्तिले स्वीट मेड क्याफेमा याओयाओ नामकी मेड वेटरलाई आफूसँग गेम खेल्न आग्रह गरेका थिए । त्यसपछि उनले तिनै मेड वेटरमाथि बलात्कार गरे । ती अभियुक्तमाथि ४ वर्षको जेल सजाय भएको छ ।

प्रतिक्रिया दिनुहोस्