७ जेष्ठ २०८१, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाचार

‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित

२७ वैशाख , काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो ।

 

निर्माण पक्षले मुकुनकोे भूमिकाको बारेमा खुलाएको छैन । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ । मुकुनले एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहने भएकाले त्यो फरक चरित्रमा आफू फिल्ममा देखिने बताए ।

 

पहिलो फिल्म ‘बुलबुल’ बाट पहिचान बनाएका मुकुनले आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्ध गरिएको निर्माता विनोद पौडेलले बताए ।

 

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । सोसल–ड्रामा बन्ने फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । वि.सं. २०८२ मा रिलिज गर्ने तयारीमा रहेको फिल्मको नाम र मोसन पोस्टर निर्माण पक्षले दुई हप्ताअघि सार्वजनिक गरेको थियो ।

 

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

प्रतिक्रिया दिनुहोस्