२६ आश्विन २०८२, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

झापामा घरभित्र १ वृद्धा मृत फेला

२६ वैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । ६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए ।

छिमेकीहरू भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आआफ्नो घरतिर लागेका थिए । छिमेकीहरू गइसकेपछि मृतक पनि घरभित्र सुतेको स्थानीयले बताए । बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनको हत्या भएको आशंका गरिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व