६ जेष्ठ २०८१, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

डीएसए स्टारको १३ औँ संस्करण : मिनी डान्सिङ स्टार बनिन् प्रिन्सा गुरुङ

२६ वैशाख , काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा हालै राजधानीमा ‘डिएसए स्टार २०२४ सिजन– १३’ को फिनाले सम्पन्न भएको छ । फिनाले विधागत रुपमा बालबालिकाले उपाधि जितेका छन् ।

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ प्रिन्सा गुरुङ विजेता बन्दा एलिस कार्की फस्ट र जज्मिन तामाङ सेकेण्ड रनरअप भए । त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ उपासना लम्सालले उपाधि चुम्दा रिच्छेन शेर्पा फस्ट, अदिती भट्टराई सेकेण्ड, दावा स्कट तामाङ थर्ड, रिसु हंगामा राई फोर्थ, पिहु शर्मा फिफ्थ र रिन्जेन शेर्पा सिक्स्थ रनर अप घोषित भए ।

त्यस्तै ‘जुनियर सिङ्गिङ स्टार’ तर्फ इजाबेला तामाङले शीर्ष ताज पहिरिँदा अंशु कार्की फस्ट, क्रिस गुरुङ सेकेण्ड र सुप्रिम सुन्दार थर्ड रनर अप भए ।

यसैगरी ‘प्रि–टीन डान्सिङ स्टार’तर्फ लासाङ घिसिङ विजेता हुँदा विवेक पोखरेल फस्ट, कृषा बोगटी सेकेण्ड, प्रभावी भट्टराई थर्ड, सोसा जबेगु फोर्थ, आधना पोखरेल फिफ्थ र नुपुर पन्त सिक्स्थ रनरअप भए ।

त्यस्तैगरी ‘प्रि–टीन सिङ्गिङ स्टार’ तर्फ प्रज्ञा कार्की विजेता बन्दा सोनम शेर्पा फस्ट, आदर्श न्यौपाने सेकेण्ड, युनिस गुरुङ थर्ड, स्तुती पोखरेल फोर्थ र समीर तिवारी फिफ्थ रनरअप बने ।
यस्तै ‘एक्टिङ स्टार’ तर्फ सिमोन बस्नेतले उपाधि उचाल्दा सिद्धार्थ पोखरेल फस्ट, बिनिसा भुजेल सेकेण्ड र वैभव मुखिया थर्ड रनर अप भए ।

विजेतालाई सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागी गराइने परिवर्तन इभेन्ट हाउसकी सिइओ सोनिया जी आरले बताइन् ।

उनले बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्राईट फ्युचर किन्डर गार्डेन स्कुलका प्रिन्सिपल मोहित कार्की, अन्तरर्राष्ट्रिय खेलाडी तथा कलाकार नन्दा बस्याल र वन लेग डान्सर रोमा न्यौपाने निर्णायक थिए ।

बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजन रहेको कार्यक्रममा नेपाल वायु सेवा निगम, नेपाल टेलिकम र चोको फन जोएको सहयोगी थिए । फाइनलअघि २५ दिनसम्म सयजना बालबालिकालाई एपेक्स लाइफ स्कुलमा तालिम दिइएको थियो ।

कार्यकममा गायक यश कुमारलाई ‘राष्ट्रिय श्रस्टा सम्मान २०८१’, रोमा न्यौपानेलाई ‘राष्ट्रिय कला सम्मान’ र डिजे नवाङलाई ‘डिजे अफ द इएर अवार्डले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्