२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

दुई संसदीय समिति बैठक आज, दुवैमा विधेयकमाथि छलफल गर्नेतयारी

२६ वैशाख, काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्र्तगतको दुई संसदीय समितिको बैठक आज बस्दै छ ।
समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।

यस्तै, दिउँसो १ बजे बस्ने गरी बोलाइएको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पनि सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।