१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

पीएसजीलाई हराउँदै वोरुसिया डर्टमुण्डयुरोपेली च्याम्पियन्स लिगको फाइनलमा

२६ वैशाख, काठमाडौं । जर्मन क्लब वोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ । बुधवार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २–० को जितका साथ फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो ।

पीएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५० औं मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए ।

६५ औं मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । तर, भारले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो ।

५० औं मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुंग्यिो ।

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको दोस्रो लेग आज हुँदै छ । पहिलो लेग भने २–२ गोलको बराबरीमा टुंग्एिको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected