२७ आश्विन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

रुसी सेनामा कार्यरत नेपालीका आफन्तले प्रधानमन्त्रीलाई बुझाए १३ बुँदे माग

२५ वैशाख, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न मागगर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् ।

मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुुँदे माग प्रधानमन्त्रीदाहाल समक्ष बुझाएका हुन् । दुई साता अघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामाकार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाइमा माग पत्र बुझाइएको हो ।

भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको मागकतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ ।

हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुनबाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् ।

रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकीव्यक्ति सम्पर्कमा छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।