२६ आश्विन २०८२, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यकः मुख्यमन्त्री कँडेल

२५ वैशाख, काठमाडौँ । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् ।

आज यहाँ आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफलका क्रममा उहाँले मनसुन नजिकिदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै बस्न बाध्यता भएको भन्दै अस्थायी आवास निर्माण छिटो हुनुपर्नेमा जोड दिए ।

उनले अस्थायी आवास निर्माणका लागि भूकम्पपीडितले अझै राहत पाउन नसकेको बताए । “केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण अघि बढाउन आवश्यक भइसकेको छ”,उनले भने ।

अहिले देशभर विभिन्न विपद्का घटना भइरहेको भन्दै उनले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । “देशका विभिन्न स्थानमा डढेलोको समस्या छ, बर्खामा बाढीको जोखिम पनि उत्तिकै छ । बर्खा सुरु हुँदा पनि भूकम्पपीडितले राहत पाएका छैनन् । के अब बर्खामा चुहिने पालमुनी बसेरै कर्णालीका भूकम्पपीडितले रात बिताउनुपर्ने हो ?”, उनले भने ।

मुख्यमन्त्री कँडेलले विपद् व्यवस्थापनका लागि कानुन र नियम सहयोगी नभएको समेत बताए । उनका अनुसार जाजरकोटका केही भूकम्पपीडितले अहिले पनि अस्थायी आवास वापातको रु ५० हजार पाउन सकेका छैनन् ।

उनले कर्णाली प्रदेशमा प्रति एक लाखमा पाँच जनाको मृत्यु विपद्का कारण हुने गरेको भन्दै विपद् प्रतिकार्य कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिन आवश्यक रहेको समेत बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व