२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाज

अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ भारतीय नागरिक पक्राउ

२४ वैशाख, बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको कालिकानगरमा केही युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज पण्डितले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको बताए । उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व