११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

दिनहुँआगलागी र डढेलो, पानी परेपछि केहीमत्थर

२४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षतिभइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्टभएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्चबिन्दु नाघ्ने गरेको छ ।पछिल्ला चार महिनामा पाँचहजार बढी स्थानमा डढेलो र आगलागी घटनामा ७६ जना बढीले ज्यानगुमाएको तथ्यांक सार्वजनिकभएको थियो ।त्यस्तै १२ सय ९७ घर जलेको समाचार बाहिरिएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयप्रहरी महानिरीक्षककोसचिवालयकाअनुसार आइतबार दिउँसोसल्यान, शारदा नगरपालिका–१० मदनास्थित जुकेनाखोला खरबारीमा लागेको आगो फैलिएर सिद्ध प्राथमिक विद्यालयमदना स्कुलमा समेतआगलागीहुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सल्यान जिल्ला कैकुमाख गाउँपालिका–५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमाआइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठ पूर्णरूपमाजलेर नष्ट भएको छ । क्षतिको विवरण हालखुलेको छैन् ।

रूपन्देही, बुटवल उपमहानगरपालिका–८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, तेह्रथुम, फेदाप गाउँपालिका–२ गम्बु चोक बस्ने ४२ वर्षीय बिशाल भण्डारीको कच्चीगोठमा आइतबार रातिलागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदाघर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका–६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेकोभोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागीहुँदा स्टोर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरि सिरहा, नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्ड भित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै, सोमबार बिहानदाङ, राप्ती गाउँपालिका–१ पखापानी स्थितगंजबहादुर बिष्टको जिआर फर्निचरमा आगलागीहुँदा काठ चिर्ने मेसिनल गायतका सामान जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथादमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धामाआवश्यक अनुसन्धान गरिरहेको छ । यद्यपी, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशीप्रदेश क्षेत्रको केही ठाउँको डढेलो नियन्त्रणमा आएको छ । नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममालुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ।

प्रतिक्रिया दिनुहोस्