७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कतार आधारित समाचार च्यानल बन्द गर्ने

२४ वैशाख, काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कतार आधारित समाचार च्यानल अल जजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका छन् । अल जजिरासँग उनको प्रशासनको लामो समयदेखि विवाद जारी छ ।

“सर्वसम्मतिले निर्णय गरिएको छः इजराइलमा उत्तेजक च्यानल अल जजिरालाई बन्द गरिनेछ”, उनले सामाजिक सञ्जाल एक्समा भने ।

“इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता हुने छैन”, सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा भने, “अल जजिरालाई तुरुन्त बन्द गरिने छ र उपकरणहरू जफत गरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्