१७ पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

२४ वैशाख, काठमाडौं । शनिवार आएको आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पानी र बिजुलीको सुविधाविहीन बनेका छन् ।

बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी सहरहरु प्रभावित भएका छन् । हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ । बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ । अन्य बाँधहरुमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण