२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

१७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर : मानव अधिकार आयोग

२३ वैशाख, काठमाडौं। मावन अधिकार आयोगले रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आयोगले आग्रह गरेको छ ।

आइतबारका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘ रूस र युक्रेन बिच चलिरहेको युद्धका क्रममा युक्रेनी सेनाको आक्रमणमा परी रुसी सेनामा कार्यरत ३९ जना नेपालीहरुको मृत्यु भएको पुष्टि भइसकेको, केही घाइते भई उपचाररत रहेका तथा जीवन जोखिममा रहेकाले यथाशीघ्र उद्धारको लागि पहल गरिदिन भन्दै युद्ध प्रभावितका आफन्तहरु विगत १७ दिनदेखि काठमाडौँमा अनसनमा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । ‘

आयोगमा उजुरी प्राप्त हुनुका साथै रुसी सेनामा रहेका व्यक्तिहरुका परिवार तथा आफन्तलगायतले उद्धारका लागि पहल गरिदिन भनी काठमाडौँको रत्नपार्कमा जारी राखेको आमरण अनसन स्थलको समेत आयोगले अनुगमन गरेको जनाएको छ ।

यस्तै रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धारका लागि कूटनीतिक पहल गर्न समेत सरकारसँग आयोगले आग्रह गरेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।