६ पुष २०८२, आईतवार
प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

कञ्चनपुरमा नदीमा डुबेर २ जनाको मृत्यु

२३ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए ।

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन् । घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

थप समाचारहरु

प्रदेस समाचार समाज सुदूरपश्चिम

जंगली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना विरामी

५ साउन, बैतडी । जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् । बिरामी पर्नेमा जिल्लाको सुर्नया
कोशी प्रदेस समाचार समाज

कोशीका सवा २ लाख पशुमा ‘लम्पी स्किन’ संक्रमण, ५ हजार मरे

६ साउन, झापा । कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’