२३ पुष २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : ओली

२१ वैशाख, नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक भएको बताए ।

उनले भने, ‘मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्‍याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ।’

यसैबीच अध्यक्ष ओलीले आज पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरेका छन् । सो क्रममा अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरेका हुन् ।

अध्यक्ष ओलीले आज नै सुस्ता क्षेत्रसमेतको निरीक्षण गरेका हुन् । सो अवसरमा उहाँले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे ।

‘तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामिले अहिलेसम्म पनि यो आवाज उठाउँदै आईरहका छौ,’ उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।