८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

सुनको मूल्यमा भारी गिरावट

२१ वैशाख, काठमाडौँ ।स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने