१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपाललाई वेष्टइण्डिज ए ले दियो २१० रनको लक्ष्य

२० वैशाख, काठमाडौं – वेष्टइण्डिज ए ले चौथो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चाल्र्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए ।

उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए ।

चाल्र्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए । प्रतिश जि.सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected