१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद

विश्वकपका लागि नेपाली टोलीको घोषणा

१९ बैशाख, काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा तिव्र गतिका अनुभवी बलर सोमपाल कामी र करन केसी तथा कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी लगायतले स्थान पाएका छन् ।
विवेक यादव टोलीमा परेका छैनन् भने प्रतिश जीसी, सन्दीप जोरा र अनिल साहले टोलीमा अवसर पाएका छन् । आरिफ शेख, विनोद भण्डारी र लोकेश बम भने टोलीमा छैनन् ।

नेपाल प्रतियोगिताको समूह डी मा नेदरल्याण्ड र अन्य तीन टेष्ट खेल्ने राष्ट्र बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकासँगै छ । उनीहरुले जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।
नेपालले दश वर्षपछि टी–२० विश्वकप खेल्ने भएको छ । यो विश्वकपमा नेपालको दोस्रो सहभागिता हो ।

यस्तो छ विश्वकप खेल्ने नेपाली टोलीः
आसिफ शेख (विकेटकिपर), कुशलभुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected