७ जेष्ठ २०८१, सोमबार
खेलकुद मुख्‍य समाचार

जोनसनको शतकमा नेपाललाई २ सय २८ रनको लक्ष्य

१९ वैशाख, काठमाडौं ( ओपनर जानसन चाल्र्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय २७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७(१ को अवस्थामा थियो ।

त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चाल्र्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३रनमा नट आउट रहे ।

स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।

प्रतिक्रिया दिनुहोस्