१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

जोनसनको शतकमा नेपाललाई २ सय २८ रनको लक्ष्य

१९ वैशाख, काठमाडौं ( ओपनर जानसन चाल्र्सको शतकमा वेष्टइण्डिजले तेस्रो टी२० खेलमा घरेलु टोली नेपाललाई २ सय २७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेस्टइन्डिज ३.१ ओभरमा २७(१ को अवस्थामा थियो ।

त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चाल्र्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३रनमा नट आउट रहे ।

स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected