२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का १ व्यक्तिको पनि मृत्यु

१९ बैशाख, काठमाडौं । ललितपुर गोदावरीको तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका अर्का एक व्यक्तिको पनि आज बिहान मृत्यु भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते ४७ वर्षीय रमेश पहरीको पनि उपचारको क्रममा आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको गोदावरी–४ का वडाअध्यक्ष सानुभाई नगरकोटिले जानकारी दिए ।
उनका अनुसार पहरीको शव बर्न अस्वतालबाट पोस्मार्टमका लागि किस्ट अस्पताल लैजाने तयारी गरिएको छ । पोस्टमाटमपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने उल्लेख गर्दै वडाअध्यक्ष नगरकोटिले भने, ‘उहाँको अन्तिम संस्कार सकेपछिमृतकका परिवारलाई नगरपालिका र वडाकार्यालयको बैठक बसेर उचित राहतको व्यवस्था गर्छौ ।’
गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार मात्रै डढेलो निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । शंकरको उपचारका क्रममा मंगलबार दिउँसो ररमेशको आज बिहान निधन भएको हो ।
बनमा लागेको डढेलो नियन्त्रण बाहिर पुगेको छ । नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व