६ पुष २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

दिल्लीमाथि कोलकाताको शानदार जित

१८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ ।

सोमबार राति कोलकाताको मैदानमा पराजित हुँदा प्लेअफको सम्भावना कठिन हुँदै गएको छ । जारी प्रतियोगितामा कोलकाता १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली १० अंकसहित छैटौं स्थानमा पुगेको छ ।

इडेन गार्डेनमा पहिले ब्याटिङ गर्न आएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर जम्मा १५३ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । दिल्लीको शीर्ष क्रम पूर्ण रूपमा फ्लप साबित भयो । पृथ्वी साले १३ रन, ज्याक फ्रेजरले १२ रन बनाए भने अभिषेक पोरेल १८ रन बनाएर आउट भए ।

शाई होपले दोहोरो अंक पार गर्न पनि सफल भएनन् । कप्तान पन्तले जिम्मेवारी सम्हाल्न खोजे पनि २७ रनको स्कोरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । पन्तले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल सामना गरेका थिए ।

दिल्लीका लागि ९ नम्बरमा ब्याटिङ गर्न आएका कुलदीप यादवले इज्जत जोगाए । कुलदीप टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साबित भए । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको बहुमूल्य इनिङ खेले ।

कुलदीपको इनिङ्सको आधारमा टोलीले स्कोरबोर्डमा १५३ रन जोड्न सफल भयो । केकेआरका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । यसबाहेक स्टार्क र सुनिल नारायणले पनि १–१ विकेट लिए ।

१ सय ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा केकेआरको टोलीले शानदार सुरुवात गरेको थियो । ओपनर फिल साल्टले आफ्नो आँधीले बलरलाई ध्वस्त पारे । उनले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रनको खेल विजयी पारी खेले ।

साल्टको विकेटपछि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यर अन्तिमसम्म नटआउट रहेपछि ७ विकेटको सहज जित निस्कियो । दिल्लीका अक्षर पटेलले २ तथा लिजाड विलियम्सले एक विकेट लिए । आइपीएलमा आज राति लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected