२२ फाल्गुन २०८२, शुक्रबार
राजनीति

इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने

१८ वैशाख, इलाम । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ ।

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए ।

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।