१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद

टी–२० विश्वकपकालागि न्यूजिल्याण्डको टोली घोषणा

१७ वैशाख, काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामाजुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपकालागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ । न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताकालागि टिम किट पनि सार्वजनिक गरेको छ।

स्टार खेलाडी केनविलियम्सनले कप्तानको जिम्मेवारी पाएका छन् । एकदिवसीयविश्वकप २०२३ मा उत्कृष्ट ब्याटिङ गरेका रचिन रविन्द्र पनि टोलीमा परेका छन् । रचिन र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् । बेनसियर्सलाई १६ औं खेलाडीको रूपमा समावेश गरिएको छ।

यसपटक टी–२० विश्वकपमाकुल २० टोलीको सहभागिता रहेको छ । न्युजिल्यान्ड टी२० का लागि टोली सार्वजनिक गर्ने पहिलो टिम बनेको छ ।

न्यूजिल्याण्ड टोली

केनविलियम्सन (कप्तान), फिनएलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकीफर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमीनीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सैन्टनर, इश सोधी र टिम साउथी । रिजर्व–बेनसियर्स

न्यूजिल्याण्ड टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । टी–२० विश्वकप२०२४ को उदघाटन खेल क्यानडा र घरेलु टोली अमेरिकाबिचहुनेछ । खेल जुन १ मा डलासमा मात्रहुनेछ । प्रतियोगितामा न्यूजिल्यान्डको टोलीले जुन७ बाट अफगानिस्तानविरुद्धको यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १२ मा आयोजक वेस्ट इन्डिजसँग खेल्नेछ । जुन १४ मा किवी टोलीले युगान्डासँग खेल्नेछ भने जुन १७ मा किवी टोलीले पपुवान्युगिनीसँग खेल्नेछ । न्यूजिल्याण्ड टी–२० विश्वकपमा समूह ‘सी’ मा रहेको छ ।

यसपटकको टी२० विश्वकप नेपालले खेल्दैछ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected