१ जेष्ठ २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

इलाम-२ मा सुहाङले मतान्तर घटाए

१६ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २, र ३ वडाको मतगणना गर्दा सुहाङले कांग्रेसका उम्‍मेदवार डम्बर खड्कासँग ४२ भोटको मतान्तर घटाएका हुन् ।

४ हजार १ सय ८१ मत गणना हुँदा एमालेका उम्‍मेदवार सुहाङले १ हजार ६०१ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्‍मेदवार डम्बर खड्काले १ हजार ६ सय ४३ मत पाएका छन् ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने ३ वडामा मात्रै एमालेले जितेको थियो ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्