२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

इलाम-२ मा सुहाङले मतान्तर घटाए

१६ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाएका छन् ।

फाकफोकथुम गाउँपालिका १, २, र ३ वडाको मतगणना गर्दा सुहाङले कांग्रेसका उम्‍मेदवार डम्बर खड्कासँग ४२ भोटको मतान्तर घटाएका हुन् ।

४ हजार १ सय ८१ मत गणना हुँदा एमालेका उम्‍मेदवार सुहाङले १ हजार ६०१ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्‍मेदवार डम्बर खड्काले १ हजार ६ सय ४३ मत पाएका छन् ।

गत स्थानीय निर्वाचनमा फाकफोकथुमको १ र २ वडामा कांग्रेसले जितेको थियो भने ३ वडामा मात्रै एमालेले जितेको थियो ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३०५ मत पाएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।