६ फाल्गुन २०८२, बुधबार
बैंक–वित्त

शंखमुलको दोभान पुल नजिक आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

१६ वैशाख, काठमाडौं । काठमाडौंको शंखमुलमा आगलागी भएको छ ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन ।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

थप समाचारहरु

बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र
बैंक–वित्त

‘अब तापक्रम घट्दै जान्छ, गर्मीबाट राहत मिल्छ’

२८ जेठ, काठमाडौं। अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आइतबार (आज)