१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद

नेपालले वेस्टइन्डिज ए सँग आज दोस्रो खेल खेल्दै

१६ वैशाख, काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो ।

२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ ।

बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ ।

विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा ७ रनमा आउट भएका थिए । विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ ।

पहिलो खेलमा शून्यमा आउट भएका जोनसन चार्ल्सको विकेट समयमै लिन आवश्यक छ । दुई पटक टी-२० विश्वकप विजेताका सदस्य चार्ल्स वेस्टइन्डिजका पहिलो रोजाइका ओपनर हुन् । उनी चलेको खण्डमा नेपालको जित टाढा हुनसक्छ । अर्का विकेटकिपर आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका थिए ।

पहिलो खेलमा हारपछि फबिएन एलेनले मौका पाउने सम्भावना बलियो छ । उनी स्पिन अलराउन्डर हुन् । लेग स्पिनर हेडन वाल्श जुनियरलाई पनि खेलाउन सक्छ । प्रमुख बलर ओबेद म्याककोय, ओशान थोमस र किमो पलबाट वेस्टइन्डिज राम्रो बलिङ चाहन्छ ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected