२७ बैशाख २०८१, बिहीबार
साहित्य/ समाचार

बालेन साहले जन्मदिनमा ल्याए कविता संग्रह ‘अश्र’

१४ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले उक्त कविता संग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

बालेनको कविता संग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

अश्रमा बालेनले सयभन्दा बढी स-साना कविता लेखिएका छन् ।

संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्