२९ माघ २०८२, बिहीबार
खेलकुद समाचार

गणेशमान सिंह क्रिकेट : सुदूरपश्चिम विजयी

१४ वैशाख, काठमाडौँ । वीर गणेशमान सिंह टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले बागमतीलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।
बागमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७÷१७ रन बनाए भने नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन विकेट लिँदा रिजन ढकालले दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७० रनको योगफल बनाएको थियो । बागमतीका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि भोजराज भट्टले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई तथा नारायण जोशीले एक विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected