२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम

१४ बैशाख,इलाम । यही वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विहीबार स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायतको तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका छन् । क्षेत्र नम्बर २ मा एक सय ४९ मतदान केन्द्र तय गरिएको छ ।

मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।

निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् ।
छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपनिर्वाचन हुने दिन वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय भइसकेको छ । मतदान हुनेदिन बिहान ५ देखि साँझ ६ बजेसम्म मेची राजमार्गसहितको यातायात बन्द गर्ने सर्वपक्षीय÷सर्वदलीय निर्णय भएको हो ।

मतदानको दिन विहान ५ः०० बजे देखि साँझ ६ः०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्ला भर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागन बन्द हुनेछन् । झापा¸ मोरङ¸ पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने निर्णय भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।