२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

कतारी राजाको सवारीले काठमाडौंको यातायात सेवा प्रभावित

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन । यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

 

उनको सम्मान र स्वागतका लागि मंगलबार सार्वजनिक बिदा नै दिइएको थियो । थानीले मंगलबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको छ । कतारी राजा आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।