२७ आश्विन २०८२, सोमबार
अर्थ मुख्‍य समाचार

तोलामा रु २ हजार ७ सयले घट्यो सुनको मूल्य

 

११ वैशाख ,काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ ।

सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ । सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ ।

 

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने