१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छः प्रधानमन्त्री प्रचण्ड

९ वैशाख, कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढंगले ल्याउन लागेको बताएका छन् ।

 

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको जानकारी दिए । पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको उल्लेख गरे ।

 

साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रचण्डको भनाइ छ । ‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवद्र्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, प्रधानमन्त्रीले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’

 

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैंले आयोजना गर्न लागेको जानकारी दिए । उनी धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।