२९ माघ २०८२, बिहीबार
खेलकुद

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

७ वैशाख, काठमाडौं – नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएकोछ ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

 

अन्य कुनैपनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

 

नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।

 

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३.३ ओभरमा ११(२ को अवस्थामा पुगेको थियो । कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए ।

 

अली नासिरको बाउन्सर बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९.१ ओभरमा ५०(४ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए ।

 

दीपेन्द्र आयन खानको १४ औं ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो । तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए ।

 

गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २(२ विकेट लिए । ओमैद शफी रहमान,आयन खान र मोहम्मद फारुकले १(१ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected