२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

अर्घाखाँची बस दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु

७ वैशाख, बुटवल। अर्घाखाँचीमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

 

जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते शितगंगा ८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।

 

सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटना हुंदा प्रज्ज्वल सहित १७ जना घाइते भएका थिए ।

 

घाइते सबै दाङको गढवाका हुन्। घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

 

बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व