१८ कार्तिक २०८२, मंगलवार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा मुख्यमन्त्रीमा एमालेले दियो सोडारीलाई समर्थन

६ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन गरेको छ ।

 

बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएका हुन् ।

 

सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका सोडारी एमालेको समर्थन नपाउँदा दाबी पेश गर्नबाट रोकिएका थिए ।

 

बुधबार एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने अडान लिएको थियो ।

 

प्रदेश प्रमुख नजिर मियाले दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।