२७ बैशाख २०८१, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाज

विराटनगरको रानी क्षेत्रमा तनावग्रस्त, हवाई फायर र अश्रूग्यास प्रहार

५ वैशाख, विराटनगर । विराटनगरको रानी क्षेत्रमा तनाब भएको छ । दुई समुदायबीच विवाद भएपछि विराटनगरको दक्षीणी क्षेत्र रानी तनाबग्रस्त बनेको हो ।

रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरु भएको विवाद बढेपछि रानी क्षेत्र तनाबग्रस्त भएको हो ।

स्थीति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रूग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

स्थानीयका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो । पछिल्लो समय रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । उनका अनुसार दुवै समूह तितरबितर भएपछि अवस्था सामान्य छ । तर, जोखिम रहेकाले प्रहरीको उपस्थिति बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्