२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपालको जितले हङकङ सेमिफाइनलमा

५ वैशाख, काठमाडौं – एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरेवियालाई ६ विकेटले हराएसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ ।

 

नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समूह ए बाट शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । हङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्यो ।

 

यदि साउदी विजयी हुँदा नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्ने समिकरण थियो । तर नेपालको जितले हङकङ सेमिफाइनलमा पुगेको हो । नेपाल पराजित हुँदा हङकङ बाहिरिने निश्चित थियो ।

 

कतारको पनि ४ अंक भएपनि नेटरनरेटमा हङकङमाथि रहँदै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । हङकङको नेटरनरेट माइनस ०.१२८ र कतारको माइनस ०.४५३ रह्यो ।

 

नेपालले शुक्रबार समूह बी को उपविजेता र हङकङले समूह बी को विजेतासँग खेल्नेछन् । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । ओमानले अन्तिम खेल आज कुवेतसँग खेल्दैछ ।

 

कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । युएईले आज अन्तिम खेल कम्बोडियासँग खेल्दैछ ।

 

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना उच्च छ । प्रतियोगिताको विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected