२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

साउदीलाई हराउँदै नेपाल अपराजितका साथ सेमिफाइनलमा

५ वैशाख, काठमाडौं – नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ ।

 

समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

 

नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।

 

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २(२ रनमा आउट भए ।

 

एक समय २.२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए ।

 

दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए । त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

 

मंगलबार राती वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो । ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए ।

 

अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

 

अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए । नेपाल समूह ए बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

 

नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।

 

नेपालले शुक्रबार समूह बी को विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected