५ पुष २०८२, शनिबार
खेलकुद प्रदेस समाचार समाचार सुदूरपश्चिम

जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

४ वैशाख , महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले उद्घाटन गरे।

महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भएको पहिलो खेल दीपज्योति युवा क्लब र अरनिको युवा क्लबबीच बराबरीमा टुङ्गिँदा समान एक÷एक अङ्कमा बाँडेका छन् ।

कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले निर्धारित समयमा गोलरहित हुँदा दुवै टोलीले अङ्क बाँडेका जानकारी दिए ।

त्यसैगरी, सोमबारको दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजले विजयी सुरुआत गरेको छ । निङ्गलाशैनीले द ग्यालेक्सी युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै आफ्नो विजयी यात्रा सुरुआत गरेको हो ।

आज रोयल गोर्खाज स्पोर्टस् क्लब र आदर्श समाज, कञ्चन समाज र महेन्द्रनगर युनाइटेड तथा अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टोली रु ५१ हजार एक सय ११, उपविजेता टोलीले रु २५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कारस्वरुप रु ११ हजार एक सय ११ नगदसहित पुरस्कृत हुनेछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा कूल ११ टोली सहभागी छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected